नियम ५
व्यक्तिगत घटनाको सूचना दिने
(१) सूचकले देहायको व्यक्तिगत घटनाको सूचना ऐनमा तोकिएको म्याद भित्र देहायको अनुसूची बमोजिमको फाराम भरी स्थानीय पंजिकाधिकारीको कार्यालयमा दिनु पर्नेछ:-
व्यक्तिगत घटना फाराम
- जन्म अनुसूची -२
- मृत्यु अनुसूची -३
- विवाह अनुसूची -४
- सम्बन्ध विच्छेद अनुसूची -५
- बसाइँसराई अनुसूची -६
(२) जन्मको सूचना दिंदा बच्चाको नामकरण भइसकेको नभए त्यस्तो बच्चाको नाम पछि दर्ता गराउन सकिनेछ ।
(३) उपनियम (१) बमोजिमको फाराम सूचकलाई नि:शुल्क उपलब्ध गराइनेछ ।